fbpx

समय तालिका बनाएर बजेट खर्च गर्दै एक नम्बर प्रदेश सरकार

बिराटनगर २९ साउन । असारे बजेट खर्चको आरोपबाट मुक्त्ति हुदै ठोस उपलब्धि देखाउनकलागि एक नम्बर प्रदेश सरकारले समय तालिका बनाएर बजेट खर्च गराउन थालेको छ ।आर्थिक बर्षको अन्तिममा महिना असारमा हतारमा पैसा खर्च गर्ने पुरानो प्रबृत्तिलाई पुर्ण अन्त गराउन सबै मन्त्रालय र मातहतका निकायहरुबाट समय तालिका बनाएर प्रदेश सरकारले बजेट खर्च गराउन थालेको हो ।

चालु बर्षको सबै बजेट मन्त्रालय र निकायहरुले समय तालिका अनुसार प्रभावकारी ढंगले खर्च गरिसक्नुपर्नेछ । तालिका अनुसार मन्त्रालय र कार्यालयहरुले पहिलो चौमासिकमा २५ प्रतिशत दोस्रोमा ६० र तेस्रोमा शतप्रतिश बजेट खर्च गर्नुपर्नेछ । सबै मन्त्रालय र निकायहरुले चालु बर्षमा कात्तिक महिना भित्र पूँजीगत खर्चकालागि टेण्डर आव्हान गरिसक्नुपर्नेछ । सबैले हरेक चौमासिकमा आफनो बजेट खर्चको प्रगति र उपलव्धिको अवस्था सहित मुख्य मन्त्रि समक्ष प्रत्यक्ष बिबरण प्रस्तुत गर्नुपर्नेछ । प्रभावकारी ढंगले बजेट खर्च नभए नभएको मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयले गर्नेछ ।

गत बर्षको जस्तो बजेट खर्च गर्न अब कानून , कार्यालय र कर्मचारीको समस्या नहरेकोले कुनै बहानाबाजी नगरिकन उपलव्धि मुलक ढंगले बजेट खर्च गर्न मुख्य मन्त्रि शेरधन राईले निर्देशन गरेका छन । चालु बर्षमा ९५ प्रतिशत बजेट प्रभावकारी ढंगले खर्च गर्ने अठोट प्रदे्श सरकारको छ । प्रदेश सरकारले १५ जेठदेखी उता कसैले कुनै पनि बजेट खर्च नगर्न नपाउने नीति लागू गरेको छ ।

एक नम्बर प्रदेश सरकारले गत बर्ष हतारमा ६० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालु बर्ष प्रभावकारी ढंगले ९५ प्रशित बजेट गर्न गराउने लक्ष्य लिएको छ । प्रदेश सरकार अर्थमामिला मन्त्रालयका अनुसार एक नम्बर प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७६ । ०७७ कालागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ  बरावरको अनमानुति बजेट पारित गरेको छ । पारित बजेट मध्ये कुल १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार चालुतर्फ र २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैया पुँजीगत खर्चमा राखिएको छ ।यसैगरि अन्तरसरकारी हस्तान्तरणकालागि ९९ करोड ९९ लाख ९८ हजार बिनियोजन गरिएको छ ।

एक नम्बर प्रदेश सरकारले आर्थिक बर्ष २०७५।०७६ कालागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैया बरावरको बजेट प्रस्तुत गरेको थियो । जसमा कुल बजेटमा असार अन्तिमसम्ममा ६० प्रतिशत खर्च भएको थियो भने । प्राप्त भएको रकम अनुसार २८ अर्ब मध्ये २१ ऋर्ब अर्थात करिब ७५ प्रतिशत खर्च भएको थियो । तर खर्च प्रगति भने तेश्रो चौमासिकमा मात्र ४३ प्रतिशत भएको थियो ।

प्रतिक्रिया

Loading...