fbpx

नेयमारको गन्तब्य बार्सिलोनाकी की रियल मड्रिड ?

विराटनगर । विश्वचर्चित फुटबल खेलाडी नेयमारलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना लागि परेका छन् । नेयमार अघिल्लो सिजन बार्सिलोनाबाट किर्तिमानी मुल्यमा पेरिस सेन्ट जर्मेन(पिएसजी) गएका थिए । तर पिएसजीमा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेका कारण छायाँमा परेका नेयमार नयाँ सिजन सुरु हुनअघि क्लब छाड्न चाहान्छन् । गत सिजनमा नेयमारले धेरै चाेट पनि भाेग्नु पर्याे ।

सन् २०१८–१९ को सिजन सकिएपछि ट्रान्सफर मार्केटमा चर्चा कमाएका नेयमारलाई भित्र्याउन उनको पूर्व क्लब बार्सिलोनासँगै  रियम मड्रिड पनि लागि परेको छ ।

केही साता अघि पिएसजीको सर्त पुरा गर्न नसकेपछि बार्सिलोना नेयमारको बिकल्पको रुपमा एन्टोनियो ग्रिजम्यानलाई भित्र्याएको थियो । तर ट्रान्सफर मार्केट सकिनै लाग्दा नेयमार भित्र्याउन रियम मड्रिडले चासो देखाएपछि बार्सिलोना फेरि नेयमार  फर्काउन केन्द्रित भएको छ । बार्सिलोनाका खेल निर्देशक इरिक एबिडाल, उनका सहायक जेभियर बोर्डास नेयमार भित्र्याउने अन्तिम प्रयास सहित पेरिस भ्रमण छन् ।

बार्सिलाेनासँगै रियम मड्रिडले चासो देखाएपछि ब्राजिलीयन स्टार नेयमारको सरुवा बजारको सरगर्मी बढेकाे छ । नेयमार जसरी पनि पेरिस सेन्ट जर्मेन छाड्ने तयारीमा छन् । पीएसजी पनि नेयमारलाई बेच्ने तयारीमा छ । क्लबसँग सम्बन्ध चिसिएपछि नेयमार स्पेन फर्कन चाहान्छन् ।

पछिल्लो परिस्थितीका कारण पीएसजीका निर्देशक लियोनार्दोले लिग वानमा क्लबको पहिलो खेलमा नेमारलाई बेञ्चमै राखे । पहिलो खेलमा निम्सलाई पराजित गर्दा पिएसजीका समर्थकले नेयमार विरुद्ध नाराबाजी गरे । सम्बन्ध चिसिएकै कारण पिएसजीले नेयमारकाे जर्सी बेच्न पनि छाडेकाे छ ।

नेमारले क्लब छाड्ने पक्का भएपनि उनकाे गन्तब्य बार्सिलोना वा रियल मड्रिड  भन्ने अन्याेल छ । यदी दुइ क्लबकाे प्रयास असफल भए उनी पेरिसमै बस्न सक्न पनि सक्छन् ।

पीएसजीले नेयमारका २०६ मिलियन पाउन्ड माग गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् । बार्सिलोनाले नेयमारको १०० मिलियन युरो दिएर कौटिन्हो, र इभान राकिटिक दिने प्रस्ताव अघि सारेको छ । काउटिन्हो एक वर्षअघि १६० मिलियन युरो र राकिटेक सन् २०१४ मा १८ मिलियनमा बार्सिलाेना भित्रिएका थिए । बार्सिलोनाको प्रस्ताव पिएसजीको अपेक्षा भन्दाबढी छ । बार्सिलाेनाकाे नयाँ प्रस्तावसँगै नेयमार पून क्याम्प नाेउ फर्कन सक्ने सम्भावना बढी रहेकाे समाचारहरूमा जनाइएकाे छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Loading...