fbpx

इंग्लिस क्लब सिटीलाई जरिवाना

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गराएको छ । युवा खेलाडी अनुबन्धका क्रममा नियम उल्लङघन गरेको कारण देखाउदै फिफाको अनुशासन समितिले इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना सुनाएको हो ।

फिफाको आर्टिकल १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नमिल्ने उल्लेख छ । सो नियम उल्लङघन गरेपछि कारवाही गरिएको हो ।

प्रतिक्रिया

Loading...