fbpx

प्यान लिन आउजाउ मै दुई दिन

ताप्लेजुङ ।
ताप्लेजुङका सर्बसाधरण प्यान लिन दुई दिन खर्च गर्न बाध्य छन् । ताप्लेजुङमै कार्यालय नहुदाँ यातायातको साधनमा दुई दिन आउजाउ गर्न उनीहरु बाध्य भएका हुन् ।

कान्तिपुर दैनिकमा छापिएको खबरमा तलब वा पारिश्रमिक लिन प्यान अनिवार्य गरेपछि ताप्लेजुङ र तेह्रथुमका सर्वसाधरण पाँचथरको फिदिम जान बाध्य भएका छन् । ती जिल्लाका ग्रमिण क्षेत्रबाट आउनेलाई दुई दिनले समेत नपुग्ने फुङलिङको बालमन्दिर आधारभुत विद्यालयका शिक्षक धर्मप्रसाद पौड्यालले बताए ।

व्यवसायीलाई भने वाणिज्य संघ ताप्लेजुङले सहजिकरण गरि सरल बनाएको छ । यता फिदिक कर कार्यालयका अधिकृत किरण लिम्बुले प्यान लिन ठुलो भिड हुने गरेको बताए । उनले दैनिक १ सय जनासम्म आउने गरेको भन्दै थोरै कर्मचारी भएको कारण भ्याइ नभ्याई हुने गरेको बताए ।

तेह्रथुमको म्याङलुङ जान झन टाढा भएपछि आठराई क्षेत्रका बासिन्दापनि फिदिम नै प्यान लिन आउने गरेका छन् । ताप्लेजुङ र पाँचथरका सबै स्थानीय तहका नागरिक फिदिम नै आउनु पर्ने हुन्छ । शिक्षक, कर्मचारी, व्यवसायी अहिले दिनहुँ जस्तो प्यान नम्बर लिन धाइरहेका छन् ।

प्रतिक्रिया

Loading...