fbpx

वायोमेट्रिक प्रणालीबाट सुविधा

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।
सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौँ लाइन हटेपछि सेवाग्राहीलाई सहज भएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कायम मुकायम प्रमुख बिन्दाकुमारी नेपालले बताए ।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । यसबाट बीचमा मान्छे पस्ने, पालो मिच्नेजस्ता काम पनि हुन सक्दैन् । वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले ७ लाख बराबरको बजेट विनियोजन गरेको थियो ।

सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आएका लीला बस्नेतले मेसिन आएपछि केही हदसम्म सहज भएको बताए । दिनभरिको लाइन र घाममा बस्नुपर्ने स्थिति रहेन भन्दै उनले सहज भएको प्रतिकृया दिए ।

प्रतिक्रिया

Loading...