fbpx

हाम्रो पुर्वाञ्चल गोल्डकप असोजमा हुने

विराटनगर ।
झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगाशालमा हाम्रो पुर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप असोज ११ गतेदेखि सुरु हुने भएको छ ।

गोल्डकपको फाइनल असोज १८ गते हुने आयोजकले जनाएको छ । ए डिभिजन स्तरीय गोल्डकप स्थानीय जायोन स्पोर्टस् क्लबले गर्न लागेको हो । एन्फाको नियमअनुसार कम्तीमा ४ वटा नेपालका ए डिभिजनका क्लब, दुई विदेशी, आयोजक क्लब र अर्काे एक गरि ८ टिम प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगितामा प्रथम हुनेले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । गोल्डकपको लागि आयोजकले राष्ट्रिय महिला टिमका प्रशिक्षक हरी खड्कालाई ब्राण्ड एम्बास्डरको रुपमा अनुबन्ध गरेको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए ।

koshiगोल्डकप सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने कान्तिपुर दैनिकमा छापिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...