fbpx

मुख्यपृष्ठ : प्रधानमन्त्रीको गृहनगर दमकमा मात्रै दर्जन परियोजना

विराटनगर ।

पत्रपत्रिकाको मुख्यपृष्ठमा आज नक्कली ग्यारेन्टी पत्र बनाउने कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीलाई तीन दिन भित्र पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको खबर छ ।

आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको सम्वृद्धि सपना , दमकमा मात्रै दर्जन परियोजना शिर्षकमा मुख्य खबर छापेको छ । यसैगरि नागरिक दैनिकले एक वर्षमैसाढे ३४ अर्बको सुन आयात भएको खबरलाई मुख्य खबर बनाएको छ । कान्तिपुर दैनिकको समाचारमा प्रधानमन्त्री ओलीको गृह नगर दमकमा १ करोडदेखि १५ अर्बसम्मका कार्यक्रम तथा परियोजना सञ्चालनमा रहेको छ ।

दमकमा बुद्धमुर्ति बनाउन १५ अर्ब, भ्यु टावरकोलागि ३ अर्ब, सडकमा २ अर्ब, पुलमा १ अर्ब ३७ करोड, सभागृह बनाउन २८ करोड, पशुपंक्षी बजारकोलागि १५ करोड र नमुना मार्ग बनाउन १ कारेड २५ लाख बजेट सहित धमाधम काम हुदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पहिलो पटक विश्वकै अग्लो बुद्धमुर्ति बनाउने घोषणा गरेका थिए । ५४२ फिट अग्लो मुर्ति दमकको उत्तरतिर रहेको हम्सेदुम्से सामुदायिक वनमा निर्माण गरेर दमकलाई बुद्ध सर्किटमा जोड्ने योजनाको नगरपालिकाले डिपिआर तयार गरेको छ ।

नयाँ पत्रिका दैनिकमा ७ वर्षमा चीनले ११२ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएपनि ३१ अर्बमात्रै दिएको खबरलाई मुख्य बनाएर छापेको छ । चीनियाँ एक्जिम बैंकको ऋणका परियोजनामा चिनियाँ ठेकेदारमात्र प्रतिश्पर्धा गर्न पाउने र ठेकेदार छान्नपनि दुताबासको हस्तक्षेप हुने गरेको छ ।

नागरिक दैनिकमा भने एक वर्षमा ३४ अर्बको सुन आयात भएको भन्दै यसलाई घटाउन सरकारले उपाय खोज्नु पर्ने समाचार छापेको छ । अर्थशास्त्रीहरुले पनि व्यापार घाटा कम गर्न तत्कालकालागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

Loading...