fbpx

कीर्ते बैंक ग्यारेन्टी बनाउने मन्त्रि खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौं ।

उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले १ करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गरेको भन्दै पक्राउ गर्न आदेश दिएको हो ।

मन्त्री खत्रीसहित ५ जनाले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको आदेशमा उल्लेख छ ।

रासस

प्रतिक्रिया

Loading...