fbpx

उमेर हद सम्बन्धि निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं ।

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मंगलबार निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जारी आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६÷०४÷२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन/परिमार्जन/नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउनु ।” अदाललते उमेर हदको निर्णय यथास्थितिमा राख्नुका साथै अन्तिम टुङ्गो नलागेसम्मका निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिट निवेदनको सुनुवाइपछि प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । चार वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको चार दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धर पदमुक्त भएका थिए ।

प्रतिक्रिया

Loading...