fbpx

आँधीबाट १ करोड २० लाख चिनियाँ प्रभावित

बेइजिङ ।

चीनमा आएको आँधी ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख जना प्रभावित भएका छन् । चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र शहरमा आँधीको प्रभाव परेको छ ।

मन्त्रालयले आँधीका कारण ८९ लाख ७० हजार व्यक्ति गम्भीर रुपमा प्रभावित भएको जनाएको छ । आँधीबाट १७ लाख १३ हजार जनालाई आपतकालीन उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण १३ हजार घर भत्किएका छन् । एक लाख १९ हजार घरहरूमा क्षति पुगेको छ । आँधीपछि आएको बाढीले ९ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ ।

‘लेकिमा’ आँधीका कारण सबैभन्दा धेरै च च्याङमा ३९ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । आन्हुईमा चार जनाको ज्यान गएको छ । पाँचजना बेपत्ता भएका छन् । त्यसैगरी शान तुङमा ५ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन् ।

अर्थ मन्त्रालय र आपतकालीन व्यवस्था मन्त्रालयले च च्याङ, च्याङ सु, शान तुङ तीनवटा प्रान्तमा उद्दारका लागि ३० करोड चिनियाँ युआन विनियोजन गरेको छ ।

प्रतिक्रिया

Loading...