fbpx

ट्रिपिङ र लोडसेडिङले उद्योगी व्यवसायी मर्कामा : समाधान नभए उद्योगको चाबी बुझाउने

विराटनगर ।

केही समय यता बढेको औद्योगिक लोडसेडिङ र ट्रिपिङका कारण विराटनगरका उद्योगी व्यवसायी आक्रन्त भएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बारम्बार विद्युत अबरोध हुदाँ उत्पादनमा ह्रास आउनुका साथै कच्चा पदार्थ खेरा गएको र मेसिनसमेत विग्रिएको भन्दै समास्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरे ।

उद्योग संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको विद्युत कटौती, लोभोल्टेज ट्रिपिङ र औद्योगिक लोडसेडिङ लगायतका समस्या र समाधानका उपायसम्बन्धि छलफलमा उनले विद्युतको समस्याले उद्योगी व्यासायी आक्रान्त भएको बताए ।

नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख र कटहरी शाखाका प्रमुखसहित भएको छलफलमा अध्यक्ष घिमिरेले विद्युत प्राधिकरणले अविलम्वन समस्या सामाधान नगरे उद्योगी÷व्यवसायीले उद्योग बन्द गरेर चावी विद्युत प्राधिकरणलाई बुझाउने चेतावनी दिएका छन् ।

संगठनका उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुरानाले विद्युतको कारणले गर्दा उद्योग÷व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या समाधान गर्न भनेकाछन् । कार्यक्रमममा संगठनका सदस्य सुरेन्द्र गोल्छा, सुनिल धनावत, तारानाथ निरौला, विपिन काबराले नेपाल विद्युत प्राधिकरणले जनशक्तिको विकास र परिचालनमा समेत ध्यान पु¥याउनु पर्ने बताए । उनीहरुले विद्युत कटौतीको पुर्वसुचना दिनु पर्ने, पुराना संरचनालाई परिवर्तन गर्नेतर्फ ध्यान दिनु पर्नेमा जोड दिएकाछन् ।

नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेन्जओभर गर्नु पर्ने भएकोले पटक पटक विद्युत अवरुद्ध हुने गरेको बताए । सिंहले केहि दिनअघि आएको वाढीका ठाँउ ठाँउमा विद्युतको पोलका साथै रुखहरु विद्युत लाइनमा ढलेको कारण वितरण प्रणलीमा समस्या आएको भएपनि प्राधिकरणले श्रोत र साधन परिचालन गरी मर्मत गरिरहेको बताए ।

यसैबीच मंगलबार नै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा कैलालीबाट आएको उद्योगी/व्यवसायीको टोली र उद्योग संगठनका प्रतिनिधीबीच भेटघाट र छलफल भएको छ ।

टोलीलाई संगठनमा स्वागत गर्दै अध्यक्ष भीम घिमिरेले भ्रमण आपसी भेटघाटले सम्वन्ध प्रगाढ मात्र नभई एकअर्काको समस्या समेत अवगत हुने बताउदै कैलाली उद्योग वाणिज्य संघको टोलीलाई विराटनगरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

14 + sixteen =

Loading...