fbpx

सामान्य पेट दुखाई हुन सक्छ क्यान्सरको लक्षण : कसरी बच्ने ?

विराटनगर ।

सामान्य रुपमा जब पेट दुख्यो भने हामी सिधै औषधी पशलमा गएर ग्यास वा दुखाई कम गर्ने औषधी लिने गर्छाैँ । केहीले भने घरमै पाइने सामान्य औषधीको प्रयोग पनि गर्ने गर्छाैँ तर यस्तो दुखाई बारम्बर भइरहेको छ भने यसरी लापरवाही गर्दा ठुलो समस्यामा पर्न सकिन्छ ।

पेट दुखाईलाई वेवास्ता गर्दा गम्भिर रोगको लक्षणलाई कतै वेवास्ता त गरिरहेका छैनौँ अलिकित सजग हुन जरुरी छ । पेटको दुख्दा वा अपच हुदाँ वेवास्ता नगर्न डाक्टरहरुको सल्लाह छ । तपाईलाई बारम्बार पेट दुख्ने गर्छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।

किनकी ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सरको लक्षण पनि हुन सक्छ । यो क्यान्सर लाग्दा पनि सामान्य रुपमा पेट दुख्ने हुन्छ । ग्याष्ट्रोइन्टेस्टाइनल क्यान्सर (पेटको क्यान्सर) को लक्षणलाई धेरैले वेवास्ता गर्ने गरेको विज्ञहरुले बताएकाछन् ।

ग्याष्ट्रोइन्टेटाइनल क्यान्सर आन्द्रामा हुने क्यान्सर हो । जसले विस्तारै विस्तारै बढ्दै जाँदा शरीरका भित्री अंगमा समेत क्षती गर्न थाल्छ । यो क्यान्सरले आन्द्रा, मृगौला, पित्तथैली, र पाचनग्रन्थि लगायतलाई असर गर्दै काम गर्न नसक्ने बनाउछ । त्यसैले पेट दुखाईलाई सामान्य समस्याको रुपमा लिन नहुने डाक्टरहरुले बताउछन् ।

विशेषज्ञहरुका अनुसार ग्याष्ट्रोइन्टेस्टाइनल क्यान्सरबाट बच्न खानपिनमा सुधार गर्नु पर्छ । यस्तै तौल बढ्न थाल्यो भनेपनि नियन्त्रण गर्नु पर्छ । यस्तै पित्तमा पथरी छ भने पनि डाक्टरसंग सल्लाह लिन जरुरी हुन्छ । यो रोग लागेको छ छैन भन्ने पत्ता लगाउन कोलनगियोस्कोपी गराउन आवश्यक हुन्छ । यसबाट आन्द्राको क्यान्सर छिट्टै पत्ता लाग्छ ।

प्रतिक्रिया

5 + three =

Loading...