fbpx

मापसे गरि मोटरसाइकल चलाउदा चेकजाँच गर्ने प्रहरीलाई ठक्कर दिने पक्राउ

विराटनगर ।

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनबारी चोकमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को ३५ प ४०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ एक प्रहरी घाइते भएका छन् ।

नगर प्रहरी कार्यालय विराटनगर दरबन्दी भई वडा प्रहरी कार्यालय (क) विराटनगरमा कार्यरत प्रहरी जवान अमित कुमार मण्डललाई सो मोटरसाइकलले ठक्कर दिएको हो । घाईते प्रहरी जवान मण्डलको विराट नर्सिङ होम विराटनगरमा उचार गरिएको छ । उनको टाउकोमा चोट लागेको थियो । अहिले घाइते मण्डलको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल चालक मोरङ बुढिगंगा गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय २४ को बिसाल राउत प्रहरीले नियन्त्रणमा लिएको छ । राउतले मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएको कारण दुर्घटना भएको हो । उनलाई विराटनगरको कोशी अंचल अगाडी, डाँफे चोक, तीनपैनीमा गरि ३ स्थानमा समेत प्रहरीले रोक्न सकेन् ।

भाग्दा भाग्दै राउतलाई सिआरभी १७ को टोलीले पक्राउ गरको छ । पक्राउ परेका राउतलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अभद्र ब्यवहार अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भई रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउँजीले बताए ।

प्रतिक्रिया

Loading...