fbpx

फेरी बढ्यो सुनको मुुल्य, बन्यो नयाँ रेकर्ड

काठमाडौं ।

पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ हजारले बढेर ७१ हजार रुपैयाँ पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मुल्य पनि बढेको छ । तेजावी सुन प्रतितोला १ हजारले वृद्धि भई ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ३५ पुगेको छ ।

लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Loading...