fbpx

बजेट खर्च गर्न सकिएन भन्ने बहानाबाजी चल्नेछैन – मुख्यमन्त्रि शेरधन राई (भिडियाेसहित)

बिराटनगर २८ साउन । एक नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उपलक्धि देखिने गरि समयमै शतप्रतिशत बजेट खर्च गर्न मातहतका मन्त्रालय र निकायहरुलाई निर्देशन गरेका छन । चालु बर्षको बजेट खर्च समयमै शतप्रशित गराउनकालागि २८ साउनमा मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको समिक्षा कार्यक्रममा मुख्य मन्त्रि राईले समयमै प्रभावकारी ढंगले बजेट खर्च गरेर आफनो क्षमता प्रर्दशन गर्ने समयको सदुपयोग गर्न निर्देशन गरेका हुन ।

मुख्य मन्त्रि राईले मन्त्रालयका मन्त्रि सचिव र कर्मचारीहरुप्रति कठोर हुँदै भने ,– ‘कसैलाई पनि बहाना बनाएर बजेट खर्च गर्न सकिएन भन्ने सुबिधा हुनेछैन चाडो भन्दा चाँडो निर्देशिका र कार्याबिधिहरु बनाएर प्रभावकारी ढंगले बजेट खर्च गर्न लागिपर्नोस । ’ मुख्यमन्त्रि राईले गत वर्ष कर्मचारी , कानून र संरचना र समन्वय अभावले गर्दा सन्तोषजक बजेट खर्चमा सरकारले चित्त बुझाउन बाध्य भएको तर चालु वर्षमा बजेट शतप्रतिशत खर्च गर्ने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन गरेका हुन ।

मुख्यमन्त्रि राईले हतारमा बजेट खर्च भएपनि प्रभाव शुन्य देखिएकोले चालु बर्षमा प्रस्ट देखिने गरि बजेट खर्च गर्न आग्रह गरे । उनले प्रदे्श सरकारले नीति कार्यक्रममा ल्याएका कार्यक्रमहरु चालु बर्षमा जनता सामु देखिनेगरि हाइलाईट गरेर काम गर्न आग्रह गरे । प्रदेश सरकारले बजेटमा ल्याएका नमुना कृषी परियोजना , कोशीमा कृषी खेती, राष्ट्रिय अन्तराष्ट्रिय रंगशालको निर्माण , हिमाली र मुन्धुम पदमार्ग , लगानी सम्मेलन , हरित करिडोर निर्माण ,सिचाई र पुर्वाधार बिकास ,शुसासन आदि सबै खाले योजनाहरुलाई उपलब्धिमुलक बनाउन निर्देशन गरे । उनले मन्त्रि र सचिवहरुलाई कडा निर्देशन गर्दै भने , हामीले धेरै जनाताले अनुभूति हुनेगरि अझै्र धेरै काम गर्नुछ यसैले समय तालिका अनुसार दत्तचित्त भएर बजेट कार्यान्वयन गराउनुहोस् ।

समिक्षा कार्यक्रममा प्रदेशका अर्थमामिला तथा योजना मन्त्रि ईन्द्रबहादुर आङबोका अनुसार बिनियोजन भएको बजेट खर्च गर्न कुनै माथिल्लो निकायबाट अख्तियारी लिन नपर्ने र सोझै निकासा बुझेर तल्ला निकायहरुले खर्च गर्न पाउनेछन । उनले चालु बर्षमा शतप्रतिशत बजेट प्रभावकारी रुपमा खर्च हुने बिश्वास गरे । मन्त्रि आङबोले भने , – ‘संघियता कार्यान्वयनको पहिलो बर्ष भएकोले बिभिन्न समस्याले गर्दा हामीले बजेट आपेक्षित बजेट खर्च गर्न सकेनौ तर अब त्यस्तो हुनैछैन ।’

एक नम्बर प्रदेशका प्रमुख प्रदेश सचिव सुरेश अधिकारीका अनुसार एक नम्बर प्रदेशका सबै मन्त्रालय र निकायहरुले आफुले खर्च गर्ने बजेटको समय तालिका निर्माण गरेर बजेट खर्च गर्नुपर्नेछ ।  प्रदेश सरकार मातहतका सबै मन्त्रालय र योजना आयोग, प्रदेश सभा सचिवालय ,प्रदेश लेखा नियन्त्रण ,प्रदेश न्यायधिबक्त्ताको कार्यालयले गत बर्षको बजेट खर्च समिक्षा गर्दै चालु बर्षको बजेट कार्यान्यनकालागि समय तालिका अनुसारको योजना प्रस्तुत गरेका थिए ।

बजेट खर्च सकिएन भन्ने बहानाबाजी चल्दैन

एक नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उपलक्धि देखिने गरि समयमै शतप्रतिशत बजेट खर्च गर्न मातहतका मन्त्रालय र निकायहरुलाई निर्देशन गरेका छन ।

Posted by Koshi Online on Tuesday, August 13, 2019

प्रतिक्रिया

Loading...