fbpx

क्वालिटीको चाउमिन पनि बजारमा

विराटनगर । तीन दशकयता तयारी खाद्या पदार्थ क्षेत्रमा आफ्ना उत्पादन बजारमा बिस्तार गर्दै आएको काबरा ग्रुपको क्वालिटी थाई फुड्सले चाउमिन पनि बजारमा ल्याएको छ । काबरा ग्रुपले ‘१२३ चाउमिन’ बजारमा ल्याएको हो ।

नेपालमा नै पहिलो पटक अत्याधुनिक  अटाेमेटिक प्रबिधिबाट उत्पादित चाउमिन बजारमा ल्याएको ग्रुपको दाबि छ । क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रबिधिको स्वचालित मेसिनबाट चाउमिन उत्पादन गरि बजारमा ल्याएको हो ।

बजारमा मानबीय तरिकाबाट बनाइएका चाउमिनहरु पाइन्छ । ग्रुपले पहिलो पटक स्वचालित मेसिनबाट उत्पादन सुरु गरेको हो । सामान्य प्रकृयाबाट बनाउँदा भिजेको, बोसो, अजिना प्रयोग गर्नुकासाथै हातका फोहोर पनि मिसिन सक्छ ।

१२३ चाउमिन मिसावट रहित र पूर्ण आधुनिक कोरियन मेसिनबाट उत्पादन र ड्राईङ प्रबिधि बाट सुकाएका कारण स्वस्थकर स्वादिस्ट रहेको कम्पनीको दाबी छ । कम्पनीले सबै उमेर समुहको स्वादलाई ध्यानमा राखी साकाहारी र माँसाहरी दुबैले प्रयोग गर्न मिल्ने र होटल रेस्टुरेन्टमा पाईने स्वादमा घरमै बनाउन सकिने बताएको छ ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयबाट जाँच पास गराएर बजारमा ल्याएको उत्पादकको दाबि छ ।

थाई फुड्सले उत्पादन गर्दै आएको १२३, बुलेट, ताईपाई लगायतका चाउचाउ तथा बिभिन्न ५० भन्दा बढी ब्राण्डका स्नाक्स आम उपभोक्ता माझ लोकप्रिय छन् । पछिल्लो समयमा उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको सुजी मात्र प्रयोग गरिएको पास्ता बजारमा ल्याएको छ । त्यस्तै छिटोमिठो ब्राण्डका फुरनदाना र झालमुडीपनि बजारमा ल्याएको छ ।

प्रतिक्रिया

Loading...