fbpx

विराटनगर रानीमा कार्यरत तीन प्रहरी कारबाहीमा

विराटनगर । इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरी कारवाहीमा परेका छन् । विराटनगरको रानीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङ विभागिय कारवाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले डिउटीको समयमा लापरबाही गरेका कारण तीनजनालाई जिल्ला तानेको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन छानबिन अघि बढाइएको हाे ।

तीनै जनालाई मंगलबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा ड्युटीमा खटाइएको थियो । ड्युटीमा लापरबाही गरेको पाइएपछि कारबाही अघि बढाउन आवश्यक छानबिन थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए ।

प्रतिक्रिया

Loading...