fbpx

टुचेलले बार्सिलोनालाई भने– ‘नेयमार लैजाउ डेम्बेले देऊ’

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलले बार्सिलोनासमक्ष नयाँ प्रस्ताव राखेका छन् । उनले आफ्ना स्टार खेलाडी नेयमारको सट्टामा बार्सिलोनाका फरवार्ड ओस्मान डेम्बेले दिन प्रस्ताव राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सको चर्चित खेल पत्रिका ‘ले १० स्पोर्ट्स’ अनुसार पीएसजीका प्रमुख प्रशिक्षक टुचेलले डेम्बेले दिएर नेयमार लैजान भनेका हुन् । खबरका अनुसार डेम्बेलेका साथमा अन्य केही शर्तहरू समावेश गर्दै टुचेलले बार्सिलोनासमक्ष प्रस्ताव राखेका हुन् । यद्यपि, अन्य केही शर्तहरूलाई ले १० स्पोर्ट्सले जानकारी दिएको छैन ।

टुचेलले डेम्बेलेसहित नेयमारका लागि ठूलो रकमको माग गरिरहेको हुन सक्ने बताइएको छ । यद्यपि, रकम भने खुलाइएको छैन । विश्व कीर्तिमान रकममा बार्सिलोनाबाट पीएसजी गएका नेयमारलाई जसरी भएपनि फर्काउने मनसायमा रहेको बार्सिलोना पनि यस विषयमा ‘राजी’ हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

4 × four =

Loading...