fbpx

सन्दीपले पाए भिसा, सीपीएलका खेल्न अमेरिका जाने

काठमाडौं,
चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको पाएका छन् । वेष्ट इन्डिजमा हुने क्यारेबियन क्रिकेट लिग खेल्न जान लागेका उनलाई अमेरिकाले भिसा दिएको थिएन । तर, सर्वत्र आलोचना भएपछि राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपले भिसा प्राप्त गरेका हुन्

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार बिहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । तर, दिउँसो सन्दीपलाई बोलाएर दूतावासले भिसा दिएको हो । अब भिसा पाएसँगै सन्दीप आउँदो सेप्टेम्बर महिनाको ४ तारिखदेखि हुन लागेको (सीपीएल) खेल्न जाने भएका छन् ।

सन्दीपले मंगलबार दूतावासमा भिसाका लागि निवेदन दिएका थिए । तर, दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसको जानकारी सन्दीपले आफ्नो ट्वीटर अकाउन्टमार्फत् गराएका थिए । उनले ट्वीटमार्फ्त आफूले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्त्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफू आश्चर्यमा परेको बताएका थिए ।

यसपछि यस विषयमा सर्वत्र आलोचना भएको थियो । सन्दीपले यस विषयमा दुई वटा ट्वीट गरेका थिए । उनले पहिलो ट्वीटमा भिसा नपाएको जानकारी गराएका थिए भने दोस्रोमा भिसा नपाएका कारण स्तब्ध भएको बताएका थिए ।

उनले दोस्रो ट्वीटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेल्लो सरकार र गृहमन्त्रालयलाई मेन्सन गर्दै आफू स्तब्ध भएको बताएका थिए । ‘यो सब देखेर म हाँसिरहेँ र केही मात्रामा स्तब्ध भएँ,’ उनले लेखेका छन्, ‘सबै प्रमाणपत्र हुँदाहुँदै पनि म यो सब देखेर छक्क परेको छु । एउटा खेलाडी भएको नाताले मलाई सीपीएलमा सहभागी हुन जान नपाउँदा एकदमै कठिन लागेको छ ।’

प्रतिक्रिया

11 + twenty =

Loading...