fbpx

बार्सिलोना र रियल मड्रिडका पूर्वमिडफिल्डरले भने, ‘म रोनाल्डोको कोच बन्न रुचाउँछु’

एजेन्सी,
स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिडका पूर्वमिडफिल्डर जियोर्गी ह्यागीले अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । अर्जेन्टिनी मिडिया सुपर डिपोर्टिभोसँगको अन्तर्वार्ताका क्रममा ५४ वर्षीय ह्यागीले मेस्सीको प्रशंसा गरेका हुन् ।

समान पाँच–पाँच पटकका बालोन डी‘ओर विजेता खेलाडी क्रिस्टियानो रोनाल्डो र मेस्सीमध्ये तपाईं कुलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा ह्यागीले मेस्सीलाई राजेका थिए । आफूले बार्सिलोनाका स्ट्राइकर मेस्सीलाई रोज्नुको कारण बताउँदै उनले भने, ‘मेस्सी लेफ्ट फुटेड खेलाडी हुन् । यसकारण उनी मलाई उत्कृष्ट लाग्छन् ।’

यस्तै उनले आफू रोनाल्डोको कोच बन्न चाहाने बताए । उनले भने, ‘म रोनाल्डोको कोच बन्न रुचाउँछु । तर, म यो स्पष्ट पार्छु कि, म मेस्सीलाई नै छान्छु । किनकी, एउटा सानो कमजोरी छ । मेस्सी लेफ्ट फुटेड खेलाड फुटबलर हुन् । म पनि लेफ्ट फुटेड फुटबलर नै थिए । यसैले म अरुलाई रोज्नै सक्दिनँ । यो मेरो शैली हो ।’

प्रतिक्रिया

Loading...