fbpx

फोहोर व्यवस्थापनमा सुधार नआएपछि रिसाए अष्ट्रेलियाली प्रधानमन्त्री

सिड्नी,
फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन रिसाएका छन् । देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्यून भएको भन्दै उनले रोष प्रकट गरेका हुन् ।

प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनी रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उनले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे ।

सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका थिए । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताए । उनले भने, ‘हामीले आफ्ना सन्तान र हामी आफँैलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ । एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।’

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उनले बताए । उनले भने, ‘फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य हो ।’

प्रतिक्रिया

Loading...