fbpx

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउँदा एक महिलाको ज्यान गयो

नुवाकोट,
नुवाकोटमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउँदा एक महिलाको मृत्यु भएको छ । नुवाकोटाको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने ५५ वर्षीया लालमाया तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले नुवाकोटका अनुसार स्थानीयवासी लालमाया तामाङको मंगलबार मृत्यु भएको हो । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो ।

विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए । श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस् भएकी थिइन् ।

बेहोस् भइ गम्भीर घाइते भएकी उनलाई उपचारका लागि आजै जिल्ला अस्पताल त्रिशूलीमा पु¥याइएको थियो । तर, अस्पताल पुर्याउनुअघि नै चिकित्सकले उनको मृत्यु भइसकेको बताए । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । रासस

प्रतिक्रिया

Loading...