fbpx

अमेरिका जाने भिसा नपाएपछि निराशिए सन्दीप, भने– ‘म स्तब्ध भएँ’

काठमाडौं,
चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । वेष्ट इन्डिजमा हुने क्यारेबियन क्रिकेट लिग खेल्न जान लागेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपले भिसा नपाएका हुन्

भिसा नपाएपछि सन्दीपले आउँदो सेप्टेम्बर महिनाको ४ तारिखदेखि हुन लागेको (सीपीएल) खेल्न खेल्न जान पाएका छैनन् । सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाका लागि निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।

भिसा नपाएपछि उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत् स्तब्ध भएको भन्दै ट्वीट गरेका छन् । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेल्लो सरकार र गृहमन्त्रालयलाई मेन्सन गर्दै आफू स्तब्ध भएको बताएका हुन् । उनले लेखेका छन्, ‘यो सब देखेर म हाँसिरहेँ र केही मात्रामा स्तब्ध भएँ । सबै प्रमाणपत्र हुँदाहुँदै पनि म यो सब देखेर छक्क परेको छु । एउटा खेलाडी भएको नाताले मलाई सीपीएलमा सहभागी हुन जान नपाउँदा एकदमै कठिन लागेको छ ।’

यसअघि सन्दीपले ट्वीटमार्फ्त आफूले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्त्व गरिरहेको उल्लेख गरेका थिए । उनले अमेरिकाले भिसा नदिएकोमा आफु आश्चर्यमा परेको बताएका थिए । सेप्टेम्बर ४ देखि अमेरिकामा हुने यस संस्करणको सीसीएल हुँदैछ ।

lekh

प्रतिक्रिया

Loading...