fbpx

ग्यास्ट्रिकदेखि अल्सरसम्म निको पार्न खानुहोस् खुर्सानी

विराटनगर,
तरकारीमा स्वादको लागि धेरैजसोलाई पिरो खान मन पर्छ । पिरो खान मनपराउने मानिसले धूलो खुर्सानीको धेरै प्रयोगले गर्दा हाम्रो पेट तथा छाती नमाज्जाले पोल्ने गरेको हुन्छ । सामान्यतया खुर्सानी खानु आफैंमा राम्रो हुँदैन । तर, ठिक्क मात्रामा हरियो, रातो तथा डल्ले खुर्सानीको नियमित सेवनले सब्जीमा स्वाद ल्याउनुका साथै शरीरलाई समेत स्वास्थ्य बनाउन मद्दत गर्दछ ।

यस्ता खुर्सानीले पेट र छातीमा असर पनि गर्दैन । सजिलै पाइने खुर्सानीलाई औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । स्वास्थ्य क्षेत्रले नै मानव स्वास्थ्यका लागि हरियो, रातो तथा डल्ले खुर्सानी खानु लाभदायिक हुने प्रमाणित गरिएको छ । तर, रातो सुकेको खुर्सानी वा धुलो खुर्सानीको प्रयोगले भने शरीरलाई हानि हुने गर्छ ।

खुर्सानीमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइड्रेड, एन्टिअक्सीडेन्ट तथा फाइबर जस्ता पोषक तत्वहरु प्रशस्त रुपमा पाइने हुँदा शरीरमा व्याक्टेरियाविरुद्ध लड्न रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गरेर शरीरका विभिन्न स्वास्थ्य समस्याबाट छुट्कारा दिलाउन सहयोग पुर्याउने गर्छ ।

यसमा पाइने भिटामिन ‘ए’ र ‘सी’ले आखाँको दृष्टि तेज बनाउनुका साथै छालाका लागि आवश्यक तेल उत्पादन गरेर छालालाई फाइदा पुर्याइरहेको हुन्छ । नियमित रुपमा ठिक्क मात्रामा सेवन गर्दा यसले छालालाई नरम र चम्किलो बनाउने गर्छ । खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरमा समेत औषधिको काम गर्छ ।

खुर्सानीको सेवनले हाडजोर्नीलगायतका दुखाइलाई घटाएर पिसाबको समस्यालाई समेत समाधान गर्छ । शरीरका कोषिकाहरूलाई स्वस्थ राखी रगत शुद्धिकरण गर्नुका साथै, पाचन प्रक्रियालाई सक्रिय गरेर शरीरमा पोषक तत्त्वको मात्रालाई सन्तुलन गर्छ । खुर्सानीले रगतमा भएको चिनीको मात्रालाई घटाउनमा सहयोग गरेर मोटोपना, कोलेस्टेरोल, उक्त रक्तचाप, मधुमेह, फोक्सो तथा मुटुसम्बन्धि समस्याबाट जोगाउन मद्दत गर्छ ।

खुर्सानीको नियमित सेवनले व्यक्तिको थकाइ मेटाएर, मूडलाई ताजा राखेर धेरै बेरसम्म खुसी राख्न मद्दत गर्छ । महिलामा हुने आइरनको कमीलाई खुर्सानीको नियमित सेवनले परिपूर्ति गर्न सक्छ । खुर्सानीमा हुने एन्टी व्याक्टेरियल तत्वले क्यान्सर र प्रोटेस्टको समस्यालाई समेत कम गर्छ । धुम्रपान, मदिरापान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरुका लागि खुर्सानीको सेवन उपयोगी साबित हुन सक्छ ।

प्रतिक्रिया

Loading...