fbpx

कौटिन्हो लोनमा बायर्न म्युनिख जान सक्ने

एजेन्सी,
जर्मन च्याम्पियन क्लब बायर्न म्यूनिखले बार्सिलोनाका मिडफिल्डर फिल्लिपे कौटिन्होलाई लोनमा भित्र्याउने सक्ने भएको छ । स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्नले कौटिन्होलाई लोनमा भित्र्याउनेगरी बार्सिलोनासँग कुरा राखेको छ ।

बार्सिलोनाले पनि कौटिन्होलाई लोनमा बायर्नलाई दिने इच्छा राखेको मुन्डो डिपोर्टिभोको दाबी छ । बार्सिलोनाले ब्राजिलियन स्टार कौटिन्हो बार्यनलाई दिने इच्छा राखेको जनाइएको छ । बायर्नले कौटिन्होलाई २ वर्षका लागि लोनमा राख्न चाहेको बताइएको छ ।

यसअघि बायर्नले मिडफिल्डर फिलिप्पे कौटिन्होका प्रतिनिधिसँग उनको विषयलाई लिएर सम्पर्क गरेको बताइएको थियो । अघिल्लो सिजनको जर्मन बुन्डेसलिगा विजेता बायर्न अहिले क्लबमा नयाँ खेलाडी थप्न चाहान्छ । आफ्ना पहिलो रोजाइका आर्जेन रोबेनले सन्यास लिएपछि क्लबमा नयाँ खेलाडी भित्र्याउन चाहेको हो ।

प्रतिक्रिया

Loading...