fbpx

फेलिक्सको प्रदर्शन मेस्सी र रोनाल्डोको भन्दा पनि उच्च !

एजेन्सी,
हालै मात्र स्पेनिस क्लब एथ्लेटिको मड्रिड भित्रिएको पोर्चुगलका युवा स्टार जाओ फेलिक्सलाई स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न थालिएको छ । पोर्चुगलको क्लब बेन्फिकाबाट १ सय २६ मिलियन युरोमा एथ्लेटिका आएका उनको पहिलो सिजनको प्रदर्शनकै आधारमा रोनाल्डो र मेस्सीसँग तुलना गरिएको हो ।

khel

युवा स्टार फेलिक्सले एथ्लेटिकोको जर्सीमा ५ खेल खेलेका छन् । जसमा, उनले ४ गोल र ३ असिस्ट गरेका छन् । प्रि–सिजनका खेलमा नै उच्च प्रदर्शन गरी सबैलाई अचम्मित पारेका उनले ला लिगाका खेलहरू खेल्नै बाँकी छ । तर, ला लिगाअघि नै उनलाई स्टार खेलाडीद्वय मेस्सी र रोनाल्डोसँग तुलना गरिएको छ ।

१९ वर्षीय फेलिक्सले सिंगल सिजनमा मेस्सीभन्दा राम्रो प्रदर्शन गरेको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ । ‘उदयीमान स्टार’ मानिएका उनले प्रि–सिजनको खेलअन्तर्गत प्रत्येक ३६ देखि २ सय ५० मिनेटको अन्तरमा असिस्ट अथवा गोल गरेको मार्काको रिपोर्टमा उल्लेख छ ।

यता, मेस्सीले उनी जत्तिको प्रदर्शन गर्न नसकेको मार्काको दाबी छ । सन् २०११–१२ को सिजनमा कूल ५ हजार २ सय २१ मिनेटमा मेस्सीले ७३ गोल गोल र २९ असिस्ट गरेका थिए । सो सिजन मेस्सीले अन्य सिजनभन्दा धेरै गोल तथा असिस्ट गरेका थिए । तर, त्यस्तो हँदा पनि मेस्सीले प्रत्येक ५१ मिनेटमा गोल तथा असिस्ट गरेको मार्काले जनाएको छ ।

गत आइतबार भएको युभेन्टसविरुद्धको खेल २–१ गोल अन्तरले जित्दा फेलिक्सले आफ्नो ४३औं व्यवसायीक खेल खेलेका थिए । ४३औं खेलसम्म आइपुग्दा उनले २० गोल र ११ असिस्ट गरेका थिए । उनको प्रदर्शन रोनाल्डोको ४३ खेलको भन्दा राम्रो भएको बताइएको छ ।

फेलिक्सले एथ्लेटिकोबाट पहिलो रियल मड्रिडविरुद्धको खेलमा गरेका थिए, जहाँ एथ्लेटिकोले रियललाई ७–३ गोलअन्तरको जित निकालेको थियो । सो खेलमा २ असिस्ट गरेका फेलिक्सले एक गोल लगाएका थिए । यस्तै एमएलएस अल–स्टारविरुद्धको खेलमा ३–० गोलको जित निकाल्दा एक गोल र एक असिस्ट गरेका थिए । यस्तै युभेन्टसविरुद्धको खेलमा २ गोल र २ असिस्ट गरेका थिए । प्रि–सिजनअन्तर्गतको खेलमा उच्च प्रदर्शन गरेका उनले ला लिगा अगाडि नै सबैलाई अचम्ममा पारिसकेका छन् ।

प्रतिक्रिया

one × one =

Loading...