fbpx

‘कबड्डी ३’ को शीर्ष गीत सार्वजनिक, गीतमा कालीप्रसादको र्‍याप (भिडियोसहित)

विराटनगर,
स्वजातीय विवाह र अन्तर्जातीय प्रेमसम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतलाई युटुुबमार्फत रिलिज गरिएको हो ।

सार्वजनिक गीत र्याप शैलीमा तयार पारिएको छ । गीतमा र्यापरको भूमिकामा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको प्रस्तुति रहेको छ । दुवैले मिलेर लेखेको गीतलाई निर्देशक विजु कर्माचार्यले निर्देशन गरेका हुन् भने, गीतको नयाँ र फरक कन्सेप्ट काली आफैँको रहेको छ ।

नेपाली फिल्ममा पहिलोपटक यस प्रकारको गीतको प्रयोग भएको कारण दर्शक तान्न ठूलो भूमिका खेल्ने निर्माण टिमले विश्वास गरेका छन् । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ, उपासना, कर्मा, विल्सनका साथ माओत्से गुरुङ, पुस्कर गुरुङ, विक्रम राई, अभिनेत्री रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्रलाई निमेश श्रेष्ठले फिल्म सम्पादन गरेका छन् । फिल्म ’कबड्डी’ कोदोस्रो पार्ट जहाँ अन्त्य गरिएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु भएको छ । फिल्म असोज ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया

three + ten =

Loading...