fbpx

लिभरपुलका गोलरक्षक एलिसन चोटपछि केही साता मैदान बाहिर

एजेन्सी ।

इग्लिस प्रमियिर लिगको नयाँ सिजको पहिलो खेलमा नै लिभरपुल क्लबका गोलकिपर एलिसन बेकर चिप्लिएर लडेपछि केही साता खेलबाट बन्चित भएका छन् । नयाँ सिजनको पहिलो खेलमा उनी चिप्लिएर लड्दा पिडुँलाम चोट लागेको कारण खेल खेल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

खेलको पहिलो हाफमा नै उनी गोल समाउने हुदाँ चिप्लिएका थिए । सनिबार नर्विच सिटी विरुद्धको खेलमा ब्राजिलियन गोलकिपर एलिसन घाइते भएपछि केही साता मैदान बाहिर नै रहने प्रशिक्षक योर्गेन क्लपले बताए । एलिसनले चेल्सीविरुद्ध हुने युईएफए सुपर कपको फाइनल खेल खेल्न नपाउने भएका छन् भने उनको सट्टामा लिभरपुलले एड्रिनलाई राखेको छ । उनी ठिक नहुञ्जेल एड्रिन नै गोलकिपर रहने प्रशिक्षक योर्गेनले बताए ।

उनले उनको अवस्था कस्तो रहन्छ हेर्ने र कहिलेबाट खेलमा फर्काउने भन्ने विषयमा निर्णय लिने भन्दै खेलजीवनमा धेरै चोट नखेपेका बेकर छिट्टै खेलमा फर्किने उनले आशा व्यक्त गरे ।

प्रतिक्रिया

Loading...