fbpx

भदौ १ देखि दूधको मुल्य बढ्ने

काठमाडौं ।
दूधको मुल्य भदौ १ गतेदेखि बढ्ने भएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको माग अनुसार तीन वर्षपछि दूधको मुल्य बढाउन लागेको हो ।

दूधको उत्पादन लागत बढेको भएपनि मुल्य नबढाए देशव्यापी आन्दोलन गर्ने केन्द्रिय दुग्ध सहकारी संघले आन्दोलन गर्ने घोषणा गरेको थियो । दुग्ध उद्योगी संघ र डेरी एसोसिएसनले पनि मुल्य बढाउन माग गर्दै आएको थियो । दूधको मुल्य लामो समयसम्म नबढ्दा लागत मुल्य समेत उठ्न छोडेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए । उनले कृषिमन्त्री र मन्त्रालय सकरात्मक रहेको भन्दै मुल्य बढ्ने विश्वास व्यक्त गरे ।

यस अघि मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठन भएको कार्यदलले सिफारिस गरेपछि दूधको मुल्य बढ्दै आएको छ । बोर्डका अधिकारी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, दुग्ध सहकारी तथा किसानका प्रतिनिधि, दुग्ध उद्योगका प्रतिनिधि, विज्ञ र मन्त्रलयका प्रतिनिधि लगायत सम्मिलित औपचारीक कार्यदल सोमबारसम्म बन्ने मन्त्रालय श्रोतको भनाई छ ।

हाल ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ रहेको दूधको मुल्य प्रतिलिटर ७० रुपैयाँ रहेको छ भने मुल्य बढ्दा ७६ देखि ७८ सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Loading...