fbpx

आजका राष्ट्रिय समाचार

विराटनगर ।

नेकपामा गुट अदलबदल शिर्षकमा आजको नागरिक दैनिकका खबर छ । पहिलो पृष्ठमा छापिएको खबरमा नेकपाका नेताहरुले गुट परिवर्तन गरि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेको उल्लेख गरेको छ । प्रधानमन्त्री ओली स्वास्थ्य उपचार पछि स्वदेश फर्किदाँ विमानस्थलमा वामदेव गौतम पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

सांसद समेत नरहेका गौतम विमानस्थल पुग्नुको अर्थ उनी ओलीसंग निकट भएको बुझ्न सकिन्छ । सुटुक्क बालुवाटार पुग्ने गरेका गौतमले पुर्व एमालेको भागमा परेको संगठन विभागका विषयमा चासो देखाएका थिए । पछि ओलीले बालुवाटारमै बोलाएर संगठन विभागको जिम्मेवारी लिन गौतमलाई आग्रह गरेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको प्रतिकृया दिएका छन् । ओलीले ट्विट गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका हुन् । गत साउन १८ गते सिंगापुर स्वास्थ्य परिक्षणकालगि पुगेका प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन् ।

अदालतमा सेनाको अनाधिकृत प्रवेश

सेनाले अधिकारको फाइदा उठाउदै फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारवाही फिर्ता गराउन सेनाले रिट निवेदन गर्ने गरेको समचार कान्तिपुर दैनिकमा उल्लेख छ । चर्चित मैना सुनुवार काण्डका दोषिलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने उदेश्यले सेनाले कानुनमै नभएको अधिकार क्षेत्रको प्रयोग गर्दै रिट दायर गरेको फेला परेको हो ।

गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वाेच्चमा प्रारम्भिक कारवाहीको अबस्थामा छ । मैना सुनुवार हत्या प्रकरणमा सुरुदेखि नै दोषीलाई सैनिक ऐन अनुसार कारवाही गर्न नमानेको सेनाले नियमित फौजदारी कारवाहीलाई समेत अबरोध गर्ने बाटो लिएको छ ।

मूल्यवद्धि स्वभाविक

बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले देखाएको आजको कारोबार दैनिकमा खबर छ । तरकारीमा गरिएको विषादी परिक्षण, आन्तरिक उत्पादनमा कमी हुनु, बाढी पहिरो, ढुवानीमा लगाइएको भ्याट लगायतका कारणले बजारमा मूल्यवृद्धि भएको हो ।

बजेट भाषणपछि करको दायरा र दर बढेपछि मुल्यवृद्धि भएको हो । यो विषयमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन गरेको हो । यो विषयमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन गरेको हो । हरियो तरकारीसँगै दाल, चामलदेखि अधिकाँस उपभोग्य बस्तुको मुल्यमा अत्यधिक वृद्धि भएको छ ।

प्रतिक्रिया

Loading...