fbpx

धर्म सन्तानका नाममा विकसित मुलकुमा बालबालिकाको तस्करी

विराटनगर ।

नौ वर्षको अवधीमा नेपालबाट २० बालबालिका धर्म सन्तानका रुपमा लगिएको सरकारी तथ्यंकमा उल्लेख छ । तर विभन्न देशले उपलब्ध गराएको तथ्यांक अनुसार भने नेपालबाट धर्म सन्तानका रुपमा विदेश पुर्याइएकाको संख्या १ सय ५७ रहेको छ ।

यो तथ्यांकले नेपालबाट बालबालिकाहरुको तस्करी भइरहेको देखाउछ । सरकारले १८ मुलुकमा धर्म पुत्र वा पुत्रीका रुपमा लान पाउने अनुमति दिएको छ । अमेरिका र यूरोपका ६ मुलुकले नेपालबाट लगेका बालबालिकाको सुची हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेशनल ल (एचसीसीएच)मा बुझाउने गरेका छन् ।

ती मुलुकले एचसीसीएचमा बुझाएको प्रतिवेदन अनुसार सन् २०१० यता मात्रै १ सय ५७ जना बालबालिका विदेश पुर्याइएको छ । तर ती बालबालिकाको तथ्यांक भने नेपाल सरकारसंग छैन् ।

सन् २०१० यता नेपालले धर्मसन्तानका रुपमा बालबालिाकालाई विदेश पठाउन कडाई गरेपछि अवैध रुपमा बालबालिका विदेश पुर्याउने क्रम बढेको अन्नपुर्ण पोष्टमा खबर छ । तर यो विषयमा सकारले सुइको सम्म पाउन सकेको छैन् ।

प्रतिक्रिया

Loading...