fbpx

सप्तरी १ का सांसद यादवको राजीनामा

काठमाडौँ । प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डाक्टर सूर्यनारायण यादवले सभामुखलाई राजीनामा बुझाएका छन् । स्वास्थ्यको समस्या भन्दै सांसद पदबाट राजीनामा दिएका हुन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाउदै उनले स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको प्रतिकृया दिए ।
मधुमेह लगायतको समस्या भइरहेको बेला तनाबपनि बढेपछि आराम गर्न पदबाट राजीनामा दिएको उनको भनाई छ । यादव सप्तरीका चर्चीत डाक्टर हुन् । पछि राजनितिमा आएका उनी सांसद भएपछि भने रोगको कारण देखाउदै राजीनामा दिएर आराम गर्ने मनसायमा पुगेका हुन् ।
डाक्टर यादवको राजीनामा स्वीकृत भएमा त्यस क्षेत्रमा पनि उप निर्वाचन हुने छ । प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ ( स्वर्गिय रवीन्द्र अधिकारी निर्वाचित क्षेत्र )रिक्त छ।

प्रतिक्रिया

17 − ten =

Loading...