fbpx

बाढीको कारण भारतमा दश लाख विस्थापित, १८४ जनाको मृत्यु

नयाँ दिल्ली ।

भारतमा एक हप्ता अघिबाट शुरु भएको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८४ भएको छ । सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १ सय ८४ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीका कारण दश लाख विस्थापित भएका छन् ।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो । “ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ,” केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले बताए ।

पछिल्लो विवरण अनुसार केरला राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार जना प्रभावित भएको उनको भनाई छ । केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको छ । छिमेकी राज्य कर्नाटक कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ । “कर्णाटक राज्यबाट ५ लाख ८० हजार भन्दा बढी विस्थापित भएका छन्,” कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले बताएका छन् ।

बाढीका कारण धेरै राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन् । बाढीले मृत्यु हुनेमा महाराष्ट्र र गुजरातमा रहेका छन् ।

प्रतिक्रिया

Loading...