fbpx

महानगरको ढिलासुस्तीले भत्किएको सडकमा रथयात्रा (भिडियोसहित)

विराटनगर । विराटनगरको पहिचानको रुपमा स्थापित राधाकृष्ण रथयात्रा यो वर्ष ग्राभेल सडकमा गुड्ने भएको छ । विराटनगर महानगरपालिकाले ध्यान नदिदा प्रत्येक वर्ष सञ्चालन हँुदै आएको रथयात्रा भत्किएको सडकमा गुडाउनु पर्ने अवस्था आएको हो ।

वर्षाैदेखि रथयात्रा सञ्चालन हुँदै आएको विराटनगरको मुख्य सडक भत्किएका कारण रथयात्राको रुट परिवर्तन गर्ने चर्चा थियो । तर निर्माधिन अवस्थामा रहेको सडक टालटुल गरी पुरानै रुटमा सञ्चालन गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

रथयात्राको रुटमा रहेका ठूला खाल्डा सडक कच्ची नै भदौ ५ गते सम्म मर्मत गरेर रथ यात्रा गर्ने आयोजकले तयारी गरेको छ । फलामको चक्का रहेको रथ ग्राभेल सडक गुडाउन कठिन छ ।

विराटनगर महानगरपालीकाले गिट्टी,बालुवाको प्रयोग गरेर रोलर लगाएर तयार गरेको सडकमा रथयात्रा गर्ने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

विराटनगरको पहिचानसँग गासिएको रथ यात्राकालागि अत्यावश्यक सडक निर्माणमा महानगरले वेवास्था गरेको छ । सडकको दायाबायाको ढलको नाल समेत अव्यवस्थित अवस्थामा छ ।

विराटनगर महानगरपालीकाले उक्त सडक निर्माणमा तदारुक्ता नदेखाउदा कच्चि सडकमा रथ संचालन गर्नु पर्ने बाध्यता सिजना भएको हो ।

अस्थाई रुपमा बन्ने कच्चि सडकमा ट्राफिक व्यवस्थापनको समस्या बढने अवस्था रहेकोले रथयात्राकालागि छुट्टै ट्राफिक व्यवस्थापनको योजना बनाइरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले बताए ।

विराटनगर तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट रथयात्रा निकाल्ने परम्परा छ ।

प्रतिक्रिया

Loading...