fbpx

अनमोल हिरो र भुवन भिलेन बन्दा ‘एन्टी हिरो’ जुर्याे

विराटनगर ।

अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसी पहिलो पटकसंगै अभिनय गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । तिहारपछि छायांकन सुरु गरिने सोचका साथ सोमबार चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको छ ।

होम प्रोडक्सन द सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माण भुवन केसीले नै गर्ने छन् । केही समयदेखि फिल्मको स्क्रिप्टमा धमाधम काम चलिरहेको छ ।

फिल्ममा अभिनेता अनमोल हिरोको भूमिकामा देखिने भएका छन् भने भुवन भिलेनको भूमिकामा देखिन लागेका हुन् । खलपात्रको भूमिका निर्वाह गर्नका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् । एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहे पनि फिल्मको निर्देशकमा प्रदीप भट्टराईको चर्चा भईरहेको छ । एक्सन लभस्टोरी बताइएको फिल्ममा अनमोल एक्सन तथा लबरब्वाईको भूमिकामा देखिनेछन् ।

केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने भुवनले जानकारी दिए । फिल्मलाई आउने नयाँ वर्षको अवसरमा प्रदर्शन गर्ने सोच भुवनको रहेको छ । लामो समयदेखि बुवा र छोराले संगै फिल्ममा अभिनय गरेको हेर्ने दर्शकहरुको इच्छा रहेको थियो । त्यसो त, यस अघि भुवनले अनमोलसँग फिल्म क्याप्टेन र फिल्म होस्टेलको एक सिनमा सँगै अभिनय भने गरेका थिए ।

प्रतिक्रिया

Loading...