fbpx

डिसेम्बरमा प्रदर्शन हुने भयो रानीको ‘मर्दानी २’

विराटनगर ।

२०१४ मा प्रदर्शनमा आएको फिल्म मर्दानीको सिक्वल ‘मर्दानी २’ को रिलिज मिति तय गरिएको छ । फिल्म यसै वर्षको डिसेम्बर १३ तारिखमा रिलिज हुने पक्का भएको छ । बलिउडका समीक्षक तरण आदर्शले ट्वीट गर्दै सिनेमाको रिलिज मिति तय भएको जानकारी दिए ।

फिल्मको मुख्य भूमिकामा रहेकी रानी मुखर्जीले बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिका निर्वाह गरेकी थिइन् । उनको उक्त भुमिकामा उत्कृष्ठ र प्रभावशाली प्रदर्शन गरेकोले फिल्मलाई दर्शकले खुबै मन पराएका थिए ।

फेरी पनि सिनेमामा रानी शिवानी शिवाजी रायकै नाममा प्रहरी अधिकारीको भूमिकामा देखिने छिन् । यशराज फिल्मको प्रोडक्सनमा निर्माण भएको फिल्मलाई गोपी पुथरनले निर्देशन गरेका छन्। रानीले यस फिल्ममा २१ वर्षका एक निर्दयी खलनायककासंग लडाई गरेकी छिन् ।

मर्दानी २’ फिल्मको लेखक गोपी पुथरनले डेब्यु गर्दै छन् । ‘हिच्की’ पछि रानी ‘मर्दनी २’ मार्फत स्क्रिनमा फर्किएकी हुन् ।

प्रतिक्रिया

Loading...