fbpx

बिल भरपाई बुझाउन आयोजक समितिलाई लेखा समितिको निर्देशन

लेखा समितको छानबिनमा मुख्यमन्त्री कप फुटबल

विराटनगर २७ साउन । एक नम्बर प्रदेश सभाको सार्वजनिक लेखा समितिले मुख्य मन्त्रिकप लिग फुटबल प्रतियोगिताको बिल भर्पाई बुझाउन आयोजकलाई निर्देशन गरेको छ । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा भएको अनियमिता आरोपबारे छानबिन गर्न २७ साउनमा बसेको लेखा समितिको बैठकले बिज्ञहरुसँगको छलफलपछि थप छानबिन गर्न आयोजकलाई बिल भर्पाई बुझाउन निर्देशन गरेको हो ।

लेखा समितिले सोमबार एन्फासंग सम्बद्ध पुर्व प्रशिक्षक सन्तोष बानियाँ र पुर्व सहायक फिफा रेफ्रि किरण गिरीलाई बिज्ञका रुपमा बोलाएर खेलको प्रकृया र नियमबारे बुझेको थियो । बिज्ञहरुले खेलको प्राविधिक पक्षबारे समितिलाई जानकारी गराएका थिए । त्यसपछि खेलमा भएको म्याच फिक्सिङको उजुरीबारे थप छानबिन गर्न प्रदेश सभाकै समाजिक बिकास समितिलाई जिम्मा दिने लेखा समितिले निर्णय गरेको छ ।

प्रतियोगितामा भएको भ्रष्टचारबारे लेखा समितिले आफै छानबिन गर्ने बिलभपाई पेश गर्ने पत्रचार गरेको सभापति शिवनारायण गन्गाईले बताए । १७ साउनमा समितिमा भएको छलफलमा आयोजक समितिका संयोजक तथा एन्फाका प्रवक्ता किरण राई आफैं उपस्थित थिए । तर उनले दिएको जबाफ चित्तबुझदो नभएको भन्दै सम्पुर्ण खर्च बिबरण बुझाउन निर्देशन गरेको थियो ।

माग गरेबमोजिम आयोजकले खर्चको विवरण, नबुझाएपछि समितिले पुन बैठक बसेर निर्देशन सहित बिल भौचर सहित सबै खर्च बिबरण बुझाउन पुन परिपत्र गरेको हो । असार अन्तिम साता सुरु भएर ३१ असारमा सम्पन्न मुख्य मन्त्रिकप लिग फुटबलमाजित हात पारेको टोली तेह्रथुमलाई बाहिर पारेको र आर्थिक अनियमतिता गरेको आरोप आयोजक समितिलाई छ ।

सामाजिक विकास मन्त्रालयको रु. १ करोड र अखिल नेपाल फुटबल संघ –एन्फा) को रु. ३३ लाख रुपैयाँ बजेटमा गत असारमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिता मध्य बर्षातको समयमा हतार हतार आयोजना भएको थियो ।

प्रतिक्रिया

Loading...