fbpx

अमेरिका र तालिबानबीचको आठौँ वार्ता सकरात्मक

कतार । संयुक्त राज्य अमेरिका र तालिबानबीचको आठौँ चरणको वार्ता आइतबारराति सकिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको वार्ता आइतबार राति सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता सकारात्मक भएको छ । वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने सहमती भएको उनले आफ्नो ट्वीट गरेका छन् । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर समाचारहरुमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ ।

अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए– मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ ।  उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको छ । तर अमेरिका र अफगानिस्तानका सरकारहरुले भने केही बताएका छैनन् ।

प्रतिक्रिया

Loading...