fbpx

विद्यार्थीसँग अनुभव साट्न महाविर विराटनगरमा

विराटनगर,
राष्ट्रिय आविशकार केन्द्रका अध्यक्ष डा.महाविर पुनले विराटनगरमा आफ्नो अनुभवहरु विद्यार्थी सँग साटेका छन् । सगरमाथा टिन्स क्लब रहेका विद्यालयका विद्यार्थीसँग  साेमबार पुनले आफ्नो अनुभाव साटेका हुन् ।

विराटनगर स्थित सत्यनारायण माविमा उनले अहिलेको विद्यार्थीको दाजोमा आफ्नो समयमा एक प्रतिशत पनि अवसर नभएको बताए । उनले  ९ कक्षामा भर्ना भए पछि मात्र पहिलो पटक चप्पल लागउन पाएको सुनाए । उनले केही गर्न चाहने बालबालीकाले प्रतिबद्ध भए जस्तो पनि काम गर्न  सक्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ का विद्यालयमा सगरमाथा टिन्स क्लब गठन गरेको छ । मन्त्रालयको सहयोगमा क्लबको आयोजनामा पुनको अनुभव सुन्न कार्यक्रमको आयोजना गरिएको थियो । यस अघि उनले सगरमाथा बोडीङ स्कुलमा पनि आफ्नो अनुभव  सुनाएका थिए ।

प्रतिक्रिया

Loading...