fbpx

‘जाइरा’मा नम्रता नभएर साम्राज्ञी थिइन् पहिलो रोजाइ

विराटनगर,
अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’को केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरलाई दर्शकहरुले पनि निकै रुचाइरहेका छन् । फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ ।

फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनलाई भिन्न लुक्समा देखाइएको छ । नम्रताले फिल्मको लागि मार्शल आर्ट सिक्नुका साथ साथै आफ्नो भूमिकालाई न्याय दिन कपालसमेत काटेकी थिइन् । दर्शकले नम्रताको फेरिएको रूपलाई मन पराउने वा नपराउने सिनेमाको रिलिजपछि मात्र थाहा हुनेछ ।

कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रा.लि.को प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । फिल्ममा नम्रता मुख्य भूमिकामा रहनुका साथ साथै निर्मात्री पनि रहेकी छन् । तर, फिल्मको मुख्य भूमिकाका लागि निर्देशकले नम्रता पहिलो रोजाइ भने थिइनन् । नम्रताभन्दा पहिले निर्माण टिमले अहिलेको निकै चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्म अफर गरिएको थियो ।

साम्राज्ञीले सिनेमाको कथा पनि मनपराए पनि उनले सिनेमाको अफर स्वीकार भने गरिनन् । उनले फिल्म नगर्न किन नमानेको भनेर बताएकी भने छैनन् । साम्राज्ञी अहिले यही भाद्र १६ गते रिलिज हुन लागेको आफ्नो फरक भूमिका भएको फिल्म ‘मारूनी’मा ब्यस्त रहेकी छन् । उनले अफर स्वीकार नगरेपछि फिल्म नम्रतालाई अफर गरिएको थियो ।

फिल्मको स्क्रिप्ट निकै राम्रो भएका कारण नम्रता सुरुमा डराए पनि पछि निर्देशक तथा निर्माण टिमको हौसलाले गर्दा उनले फिल्म गर्न मानेकी थिइन् । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यस फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता अनुपबिक्रम शाह, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायत कलाकारहरुको अभिनय रहेको छ ।

लोकेश बज्रार्चायले सम्पादन गरेको यस फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेको हुन् । मार्सल आर्टिस्टको बदलाको कथामा आधारित रहेको यस चलचित्र महिलाप्रधान एक्शन फिल्म रहेको छ । फिल्म भाद्र ६ मा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया

six + 13 =

Loading...