fbpx

दिनको ४ टुक्रा हाडे बदाम खाँदा शरीरलाई फाइदा

विराटनगर,
सधैँ दिनको ४ टुक्रा हाडे बदाम मात्र खाँदा पनि शरीरलाई फाइदा पुग्छ । बदाममा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा यसको नियमित सेवनले क्यान्सरबाट जोगाउनेदेखि लिएर तौल नियन्त्रण गर्नुका साथै विभिन्न समस्याहरुमा औषधिको काम गर्छ ।

बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राखेर मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदामको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउनमा मद्दत गर्छ । शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढेमा हृदयघात तथा मुटुको धमनिमा समस्या आउन सक्छ ।

बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका ट्युमरलाई नियन्त्रण गरेर क्यान्सर हुनबाट जोगाउनुका साथै मुटुका भल्भहरुले राम्रोसँग रगत परिचालन गरेर मुटुसम्बन्धी रोग लाग्न दिँदैन । मुटुको अवस्था राम्रो हुँदा पुरै शरीर सन्तुलित हुन जान्छ । बदाम खाँदा पेट डुम्म हुने भएकाले धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल छिट्टै घट्न सक्छ ।

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई नरम र चम्किलो बनाएर छालालाई चाउरी पर्नबाट जोगाउँछ । छाला चाउरिने शरीरमा भिटामिन ’इ’ को कमिले हुन्छ । बदाममा भिटामिन ’इ’ र प्रोटिनको मात्रा प्रशस्त पाइने हुँदा यसको नियमित सेवनले छालालाई चम्काउनमा मद्दत पुर्याउछ । बदाममा प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ तथा चिल्लो पदार्थ पाइने भएकाले शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ ।

दिनको ४ वटा मात्र खाँदा पनि यसले हड्डीलाई मजबुत बनाउनुका साथै शरीरमा औषधिको रुपमा काम गर्छ । बदामको नियमित सेवनले पाचन प्रक्रियालाई सुधार गरेर शरीरमा राम्रो ब्याक्टेरियाको विकास गर्नमा मद्दत गर्दछ । धेरैजसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । शरीरमा प्रसस्त भिटामिन ’इ’ तथा प्रोटिन भएमा मस्तिष्कको कोशिकाहरूलाई मर्मत गरेर दिमागलाई तेज बनाउनुका साथै स्मरण शक्ति बढाउने गर्छ ।

प्रतिक्रिया

Loading...