fbpx

यस्तो बनेर आयो ‘कुल्ली नम्बर १’ को रिमेक पोस्टर

विराटनगर,
गत साताबाट छायांकनमा गएको फिल्म ‘कुल्ली नम्बर १’को रिमेक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा मुख्य भूमिकामा देखिने अभिनेता बरुण धवन र नायिका सारा अली खानलाई देखाइएको छ ।

सार्वजनिक फस्टलुकमा बरुण र सारालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । २५ वर्षअगाडि रिलिज भएको फिल्म निकै हिट रहेको थियो । ‘कुल्ली नम्बर १’मा नायक गोविन्दा र नायिका करिश्मा कपूरको अभिनय रहेको थियो ।

movie

‘कुल्ली नम्बर १’को गीत, डाइलग र फिल्म निकै राम्रो भएका कारणले सबैले रुचाएका थिए । सारा र बरुणले पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । बरुणका पिता डेविड धवनले २५ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बनाएका हुन् ।

‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । हालै थाईल्याण्डमा छायांकन भइरहेको चलचित्रलाई सन् २०२० को मे १ तारिखमा रिलिज गरिने भएको छ ।

प्रतिक्रिया

Loading...