fbpx

घुस रकमसहित सहायक वन अधिकृत पक्राउ

डोटी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पक्राउ गरेको छ ।वन उपभोक्ता समितिका सदस्यहरुबाट घुस रकम लिएको उजुरी परेपछि अख्तीयारले रंगेहात पक्राउ गरेको हो ।

आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट रंगेहात पक्राउ गरेको हो । रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबि गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टी गरेका छन् ।

डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले पक्राउ परेको विषयमा आफूलाई जानकारी नभएको बताए । रासस

प्रतिक्रिया

Loading...