fbpx

बिर्तामोडको वडा कार्यालयमा विष्फोट

सुरुङ्गा । सोमबार विहान झापाको बिर्तामोड नगरपालिकाको तीनवटा कार्यालयमा बम विष्फोट भएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४:३० बजे बम विष्फोट भएको हो ।

विष्फोट गराउनेहरुको पहिचान खुलेको छैन् । इलाका प्रहरी कार्यालय अनारमनी घटनामा संलग्नहरुको खोजी सुरु भएको बताए । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनुसार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा विहान बम विष्फोट हुँदा कार्यालयको झ्याल तथा ढोकामा क्षति पुगेको छ ।

विष्फोट गराउनेहरुको पहिचान नुखुलेको उनले बताए । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित छ । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस

प्रतिक्रिया

Loading...