fbpx

वन समुहबाटै चारकोसे जंगल सखाप

विराटनगर ।

संरक्षणको जिम्मा लिएका सामुदायिक वन र साझेदारी वन समुहकै संलग्नतामा पुर्वी तराईको चारकोसे जंगल सखाप हुन थालेको छ ।

सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरसकेको छ । सामुदायिक र साझेदारी वन समूहले अनाधिकृत रुपमा रुख काटेर जंगल उजाड बनाएको, काटिएको रुख काठको वितरण पारदर्शी नबनाएको भन्दै ४६ सामुदायिक वन विरुद्ध उजुरी परेको खख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।

ती उजुरीका विषयमा अनुसन्धान भइरहेको उनले जनाकारी दिए । कान्तिपुर दैनिकमा छापिएको खबरमा कागजी रुपमा अझै ५५ हजार ५ सय हेक्टर जमिनमा चारकोसे झाडी देखाएपनि अतिक्रमणको कारण अहिले जम्मा वन भने ४४ हजार ५ सय ४ण् हेक्टरमा सिमित भएको उल्लेख छ ।

उपभोक्ता समितिले काठ दाउरा बेच्न पाउने र बेचेको काठ दाउराको आम्दामीको १५ प्रतिशत मात्रै राजश्व बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

Loading...