fbpx

प्राणघातक ‘एन्थ्रेक्स’ जीवाणु रोकथामकालागि उच्च सर्तकता अपनाउन प्रदेश सरकारलाई आग्रह

बिराटनगर २७ साउन । सुनसरीको बराहा नगरपालिका ९ स्थित घाँसे जंगलमा प्राणघातक ‘एन्थ्रेक्स’ जीवाणु संक्रमणले गर्दा ४४ वटा पशु चौपायाको मृत्यू भएको भन्दै उच्च सर्तकता अपनाउन साँसदले प्रदेश सरकारको ध्यान आर्कषण गराएका छन ।

आइतबार एक नम्बर प्रदेश सभाको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेस संसदिय दलका नेता राजिव कोइरालाले बिषेश समय माग गरेर पशु चौपायाको नरसंहार गर्नसक्ने ‘एन्थ्रेक्स’ जीवाणु मानिशमा पनि सर्न सक्ने भएकोले उच्च सर्तकता अपाउन सरकारको ध्यान आर्कषण गराएका हुन ।

नेता कोइरालाले ‘एन्थ्रेक्स’ नामको व्याक्टेरिया नरसंहारकालागि जैबिक हतियारका रुपमा पनि प्रयोग हुनसक्ने र थप संक्रमण भएमा पशुको मात्र नभएर मानवहरुको समेत संहार हुने भएकोले समयमै उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिए । साँसद कोइरालाले पशु चौपायाहरुमा ‘एन्थ्रेक्स’ जीवाणु कसरी संक्रमण भयो भन्नेबारे पनि गहन अनुसन्धान हुनुपर्ने माग गरे । साँंसद कोइरालाले भने, —‘रोग लागेर पछुताउनु भन्दा रोग लाग्नै नदिनु राम्रो हो यसैले प्रदेश सरकार सचेत बनोस ।,

स्थानियहरुले पटक पटक उक्त्त ठाउँमा पशुहरुको संहार हुन थालेपछि कसैले ‘एन्थ्रेक्स’ जीवाणुलाई प्रयोग त गरिरहेको छैन भन्ने पनि शंका गरेका छन । २० साउनमा बराह नपा ९ को काँसघारीमा चर्न गएका २८ गाई र १६ गोरु मृत फेला परेका थिए ।

एन्थ्रेक्स जीवाणु फेला परयो तर परिक्षण प्रतिबेदन आउन बाँकी

ठूलो सख्यामा पशु चौपाया मृत फेला परेपछि एक नम्बर प्रदेश सरकार अन्र्तगतको पशु रोग बिज्ञ सहितको टोलीले घटना स्थल अध्यन गरेको थियो । अध्यनका क्रममा मृत फेला परेका सबै गाईगोरु एकै प्रकारले मरेको देखिएको थियो । उनिहरुको मुख र नाकबाट रगत बगेको थियो । यसरी चौपायाको मृत्यू हुने कारण ‘एन्थ्रेक्स’ रोग नै भएको शंका गर्दै थप संक्रमण हुन नदिन रगतको नमुना लिएर मृत सबै पशुहरुलाई ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको थियो । पशुरोग अन्बेषणशाला बिराटनगरमा नमुना रगत परिक्षण गर्दा ‘एन्थ्रेक्स’ जीवाणु फेला परेको थियो । पशुरोग बिज्ञ डा सञ्जयकुमार यादबले प्रारम्भीक परिक्षणका क्रममा मरेका पशुहरुको रगतमा ‘एन्थ्रेक्स’ जीवाणु फेला परेको तर थप परिक्षण गर्नकालागि काठमाण्डौ पठाएको बताए । उनका अनुसार केन्द्रिय प्रयोशालाको परिक्षण प्रतिबेदन प्राप्त भएपछि मात्र यकिनसाथ ‘एन्थ्रेक्स’ जीवाणुको संक्रमण फैलिएको यकिन गर्न सकिन्छ । र रोकथामकालागि उच्च सर्तकता अपनाउने योजना बन्नेछ । किनभने कोशी आरक्षको घाँसे जंगलमा चर्न गएका पशुहरुमा एन्थ्रेक्स संक्रमण भएकोले त्यहाँ भएका अर्ना , हात्ती लगायतका जनावरहरु पनि जोखिममा छन । यसैले उनिहरु सबैलाई एन्टि ‘एन्थ्रेक्स’ भ्याक्सिन (सुई) लगाउनुपर्ने हुनसक्छ ।

के हो ‘एन्थ्रेक्स’ भाइरस

‘एन्थ्रेक्स’ भाइरसको पुरा नाम बेसिलस एन्थ्रेक्स हो । यो प्राणघातक जीवाणु हो । यसले पशु मात्र नभएर मान्छेलाईपनि आक्रमण गर्दछ । एसिया , यूरोप ,उत्तर अमेरिकामा यो भाइरसले लाखौ पशु  र मान्छेको प्राण लिइसकेको छ ।यो सरुवा रोग नभएपनि खाना र सासको माध्यबाट चाँही यो पशु वा मान्छे दुवैको शरिरमा प्रबेश गर्दछ । शरिरमा प्रबेश गरेपछि यसले फैलिएर सबै कोषहरु मारेर रोगप्रतिरोधक क्षमतालाई नष्ट गरिदिन्छ । एन्थ्रेक्स रोग लागेको पशु चौपायाको पुरा नपाकेको  काँचो मासु खाँदा पनि यो रोग लाग्न सक्छ । एन्थ्रेक्स भाइरसले कलेजो र रगतमा फैलिएर आक्रमण गर्नेगर्छ । यो रोग लागेपछि रगत सहितको उल्टि हुने, पेट दुख्ने , शरिर कटकटी खाने गर्दछ । छालामा पिप भरिएका गिर्खाहरु पनि देखापर्दछन । यो रोगलाई नियन्त्रण गर्न भ्याक्सिनको प्रयोग गर्नुपर्दछ । एन्थ्रेक्स भाइरसका बिभिन्न रुपहरु हुन्छन । यो ब्याक्टेरिया दुई सय बर्षसम्म जीउँदो हुन्छ । यसैले यो रोग लागेका पशुहरुको व्यवस्थान जथाभावी गर्नुहुदैन । एन्थ्रेक्स व्याक्टेरियालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सकिन्छ ।

प्रतिक्रिया

Loading...