fbpx

स्थानीय सरकारलाई निसाना बनाउदै विप्लव

विराटनगर ।

अन्नपुर्ण पोष्टमा छापिएको खबरमा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले प्रदेश नम्बर ५ मा ६ महिनाको अवधिमा ५ गाडी र एक वडा कार्यालयमा आगजनी गरेको छ ।

विप्लव समुहले जनप्रतिनिधिलाई चन्दा र धम्किको त्रास देखाउदै आएको छ । उनीहरुले प्रदेश ५ मा जनसरकार बनाएर गतिविधि सञ्चालन गरिरहेका छन् । ठेकेदार, शिक्षक र प्राध्यापकहरुलाई पनि विप्लव समुहले चन्दाको माग गर्ने र धम्कि दिने गरिरहेका छन् ।

एक्जिम बैंक अफ इन्डियाका सर्तैसर्त

यस्तै नयाँ पत्रिका दैनिकमा भने ऋणमा भारतीय एक्जिम बैंकको कडा सर्त, धेरै सडक अलपत्र शिर्षकमा मुख्य खबर छ । बैंकले ऋण लिनलाई ठेक्कामा भारतीय ठेकेदारको ५१ प्रतिशत सेयर हुनुपर्ने, सम्पूर्ण ठेक्काको नेतृत्व भारतीय ठेकेदारले पाउनु पर्ने, भारतीय ठेकेदारले सेयर बढाएर सत्प्रतिशत पुर्याउन सक्ने सर्त राखेको छ ।

यस्तै बैंकले नेपाली ठेकेदारको सेयर भने ४९ प्रतिशतबाट बढाउन नपाइने, बोलपत्र आव्हान गर्दा नेपाली र भारतीयबाहेकका ठेकेदार सहभागी हुन नपाउने र ५० प्रतिशत निर्माण सामाग्री भारतीय कम्पनीबाट खरिद गर्नुपर्ने सर्त समेत राखेको नयाँपत्रिका दैनिकको खबरमा उल्लेख छ ।

भारतीय सरकारको स्वामित्व रहेको एस्र्पाेट इम्र्पाेट बैंक अफ इन्डीयाले राखेको सर्त नेपालले स्विकारेको छ । सर्त स्विकार्दै नेपालले ऋण लिएको हो ।

सर्वत्र भष्टाचार

साउनमा मात्रै भ्रष्टाचारको आरोपमा ३० जना पक्राउ परेको खबरलाई नागरिक दैनिकले छापेको छ । मुख्यपृष्ठमा छापिएको खबरमा दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने घटनाले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई अर्थहिन भएको छ ।

चालु आर्थिक वर्षको पहलो महिना साउनको २५ दिनमा ३० जनालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरको हो । यो संख्याले मुलुकमा भ्रष्टचार नघटेको देखाएको हो ।

प्रतिक्रिया

Loading...