fbpx

बकर ईदमा प्रधानमन्त्रि ओलीको शुभकामना

काठमाडौ २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना दिएका छन ।

ईद–उल– अज्हा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएकाछन । “नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ” प्रधानमन्त्री ओली भन्छन ।

बिहान सबेरै ईदको नमाज पढे पछि आआफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई र बाँकी एक हिस्सा इस्ट मित्रहरुलाई प्रदान प्रचलनले मानवीयता बढाउने बिश्वास प्रम ओलीको छ ।

प्रतिक्रिया

Loading...