fbpx

दुई दशकदेखि छोटी भन्सार बन्द, अवैध ओसारपोसार बढ्दो

विराटनगर ।

माओवादी द्वन्द्वकालमा असुरक्षाको कारण बन्द भएका छोटी भन्सार अझै सञ्चालन हुन सकेको छैन् । मोरङको सिमावर्ती नाकामा रहेका ९ वटा छोटी भन्सार कार्यालयमध्ये ६ वटा खुल्न बाँकी रहेको खबर उद्घोष दैनिकमा छ ।

द्वन्द्वकै बेलादेखि बन्द भएका प्रहरी चौकीमा पनि दुई दशक वितिसक्दा पनि प्रहरी पुगेको छैन् । अवैध ओसारपोसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको भएपनि द्वन्द्वपछि असुरक्षाको कारण देखाउदै बन्द गरिएको थियो । मोरङमा रहेका ९ मध्ये ३ वटा छोटी भन्सार कार्यालयमात्रै सञ्चालमा रहेको भन्सार कार्यालय विराटनगरका सुचना अधिकृत मणिराम पौडेलले बताए ।

मधुमल्ला, डोरिया, चुनीबारी, कदमाहा, चौकीघाट र तारिगामा छोटी भन्सार दुई दशकदेखि बन्द रहेका छन् । रंगेली, डाइनिया र मायागञ्ज छोटी भन्सारमात्रै सञ्चालनमा रहेको छ । भन्सार कार्यालय नहुँदा राजश्वमा समेत प्रभाव परिरहेको छ । छोटी भन्सारलाई ५ हजार रुपैयाँसम्म भन्सार काट्ने अधिकार रहेको छ ।

तर भन्सार कार्यालय नै नभएपछि अवैध ओसारपोसार बढ्दो रहेको र भारतीय प्रहरीकै मिलोमतोमा ती नाकाबाट अवैध ओसारपोसार बढेको बताइएको छ ।

प्रतिक्रिया

Loading...