fbpx

सेनाका मेजर विरुद्ध लागु औषधको मुद्धा

इटहरी ।

ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्वी पृतना मुख्यालय इटहरीका मेजरसहित दुईजनाविरुद्ध प्रहरीले मुद्धा चलाएको छ ।

ब्राउन सुगर प्रयोगकर्तामा इटहरीका प्रतिष्ठित परिवारका व्यक्तिसँगै सुरक्षा निकायका व्यक्ति संलग्न रहेको सुराक पाएपछि लगातार निगरानीमा रहेका मेजर अजितप्रताप सिंह र रामधुनी नगरपालिका १ का प्रमोद चौधरी लागु औषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

धनगढी घर भएका मेजर सिंह र चौधरीलाई प्रहरीले लागु औषध कारोबारमा मुद्धा दर्ता गरेको छ । नागरिक पूर्वेलीमा छापिएको खबरमा चौधरीले ब्राउन सुगर किन्न गएको बेला सेनाको पृतना मुख्यालय अघिबाट दुईजनालाई नै प्रहरीले नियन्त्रणमा लिएको उल्लेख छ ।

झापा दमकका व्यापारीले भारतबाट ल्याएको ब्राउन सुगर मेजर सिंहले इटहरी आसपासका क्षेत्रमा बिक्रि गर्दै आएका थिए । उनलाई इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गर्न थालेको हो । लागु औषधको प्रयोगकर्ता बढी रहेको बेला सेनाकै मेजरले बिक्रि गर्ने गरेको खुलेपछि यसलाई गम्भिर रुपमा लिइएको छ । सुनसरीमा ६२ किलोमिटर खुला सिमा र भारतको पानीट्यांकी क्षेत्रबाट पनि लागु औषध भित्रिने गरेको छ ।

प्रतिक्रिया

Loading...